आजको युग सूचना प्रविधिको युग हो । हाम्रा दैनिक काम व्यवहारमा सूचना प्रविधिको प्रयोग दैनिक रुपमा बढै गैरहेको छ । सूचना प्रविधिका बारे वेखर मानिस निरक्षर जस्तै बन्नु पर्ने अवस्था छ । विद्यालय तह देखि नै बाल बालिकाहरुलाई सूचना प्रविधिका वारे जानकारी दिन र सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई सहज तथा थप प्रभावकरी बनाउनु आजको आवश्यकता हो । यसै तथ्यलाई मध्यरेनजर गर्दै हाम्रो विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन हामी प्रयासरत छौं । यस प्रयासमा नमुना विद्यालय विकास नामक नेपाल सरकारको कार्यक्रमले निकै ठूलो सहयोग पुगेको हाम्रो विश्वाश छ । सूचना प्रविधि सम्बन्धी सुविधाको प्रबन्ध गर्दै विद्यालयका गतिविधिहहरु सरोकारवालाहरु सम्म जानकरी पुर्याई पारदर्शिता अपनाउन विभिन्न प्रयत्न गर्दै आईएको छ । त्यसैको निरन्तरता स्वरुप विद्यालयको आफ्नो वेभसाइट डिजाइन गरी प्रयोगमा ल्याएका छौं । यसकालागि मिहेनत गर्नुहुने प्रधानाध्यापक, साथ सहयोग गर्नुहुने वि·व्य·स· पदाधिकरीहरु र अन्य सम्पूर्ण महानुभावहरु र निकायहरुलाई धन्यवाद दिदै यसको प्रभावकारी प्रयोगका लागि सकारात्मक सुझावको अपेक्षा गर्दछुँ ।
धन्यवाद ।